1. एक चिहान
एक चिहान उपन्यासकार हृदयचन्द्र सिंह प्रधान द्वारा लेखिएको सामाजिक यथार्थवादी उपन्यास हो । यस उपन्यासमा काठमाडौं शहरको २०११ साल तिरको समाजलाई देखाइएको छ । यस उपन्यासमा देखिने समाज दुई वर्गमा विभाजित छ । समाजमा हुने खाने वर्गहरु गरिबहरुलाई थर्काएर एवम् अनेकजालझेलमा फसाएर मोजमस्ती गरिरहेका देखिन्छन । शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा हुने खानेहरुकै पहुच छ । त्यस्ता मान्छेहरुले पनि गरिबहरुलाई सहयोग गरेजस्तो गर्छन तर त्यसभित्र स्वार्थ लुकेको हुन्छ भन्ने यथार्थ यस उपन्यासमा देखिन्छ । यसै गरि ‘एकचिहान’ उपन्यासमा समाजका विपन्न वर्गको दयनिय अवस्था पनि देखाइएको छ । जो किसान छ, दिनरात मिहिनेत गर्छ उसैलाई हातमुख जोड्न मुश्किल पर्छ अनि जो सिकर्मी छ उसैको घर भत्किएर जीवन सकिने अवस्था यस निबन्धमा देखाइएको छ । जातिय विभेद, रुढिवादी सोच तथा सामाजिक आर्थिक असमानताका कारण गरिबहरु धेरै शोसित भएको यथार्थ उपन्यासमा प्रस्तुत गरिएको छ । शोषणले सिमा नाघे पछि गरिबहरुमा बिस्तारै चेतनाको लहर पलाउन थालेको अवस्था पनि उपन्यासले देखाएको छ ।
उपन्यासकारले यस उपन्यासका माध्यमबाट परम्परागत सामाजिक कुसंस्कार, धार्मिक अन्धविश्वास, आर्थिक शोषण र जातिय विभेद जस्ता सामाजिक विकृतिहरु ह्टाउनु पर्ने विचार अघि सारेका छन् । एकचिहान उपन्यासले परम्परागत धार्मिक संस्कारका विरुद्धमा नयां प्रगतिवादी दृष्टिकोण प्रस्तुत गरेको छ । बाबुआमाको काजक्रिया गर्दा गरिबले पति दान दिनै पर्ने, ऋण काडेर भएपनि भोज खुवाउनु पर्ने र धार्मिक आडम्बर देखाउनै पर्ने जस्तो परम्पराको विरोध यस उपन्यासले गरेको छ । समाजका टाठाबाठाले जनतालाई शोषण गर्दैै आएको र यसलाई परम्परा बनाएर ल्याएका हुदां यस्तो गलत परम्परा तोड्नु पर्ने मान्यता उपन्यासमा पाइन्छ । समाजका धनी वर्गहरु गरिबको पसिना चुसेर मोज मस्तीमा भुल्ने गरेको अति गरिबहरु चाहिं भोकभोकै मर्नुपरेको यथार्थ उपन्यासले चित्रण गरेको छ । सुब्बा सुरमान र गोदत्तप्रसाद जस्ता निच शोषकले सहयोगी जस्तो गरि कसरी गरिब जनताको शोषण गर्छन भन्ने कुरा उपन्यासमा देखाइएको छ । त्यस्ता शोषकहरुको दया मायाबाट उन्नति कहिल्यै हुन नसक्ने विचार व्यक्त गरेको छ । आर्थिक अभाव र अन्यायबाट पार पाउन गरिबहरुले सङ्कटका बेलामा पनि साहुबाट ऋण लिन नहुने, खर्च कम गर्नुपर्ने निरन्तर परिश्रम गरिरहनुपर्ने र अन्याय अत्याचारका विरुद्धमा सधैं लड्नुपर्ने विचारहरु एकचिहान उपन्यासमा व्यक्त भएका छन् । यस उपन्यासले जातिय विभेद हटाउनुपर्ने र अन्तरजातिय विवाहलाई प्रोत्साहन गर्नुपर्ने मान्यता अघिसारेको छ । समृद्ध समाज बनाउनका लागि जातिय विभेद अन्त्य गरि राष्ट्रिय एकताको फराकिलो बाटोमा सबै जुट्नुपर्ने विचार यस उपन्यासमा पाइन्छ । यस प्रकार एकचिहान उपन्यासमा यी र यस्ता थुप्रै सामाजिक जागरणका लागि आवश्यक पर्ने प्रगतिवादी विचारहरु प्रस्तुत गरिएका छन् र तिनै विचारका माध्यमबाट सामाजिक विकृति हटाएर असल समाजको निर्माण गर्न उपन्यासले अनुरोध गरेको छ ।
2. नालापानीमा
‘नालापानीमा’ नाटककार बालकृष्ण सम (वि.सं. १९५९ – २०३८ ) द्वारा देखिएको उत्कृष्ट एकाङ्कीको । यस एकाङ्कीमा बालकृष्ण समले नेपालको इतिहासमा घटेको नेपाल र अङ्गे्रजका बीचको नालापाजीको युद्धलाई विषयवस्तु बनाएका छन् । त्यस युद्धमा नेपालीहरुले देखाएको वीरता र देशभक्तिको भावनालाई यस एकाङकीमा देखाइएको छ । नेपाल र अङ्ग्रेजका बीच भएको नालापानीको युद्धको सन्दर्भ उल्लेख गर्दै वीरता र देशभक्तिको भावना तथा मानवतावादी विचारलाई अभिव्यक्त गर्नु यस एकाङ्कीको मुख्य उद्देश्य रहेको छ ।
एकाङ्कीको मुल पात्र नरे कार्की घाइते भई औषधी उपचारका लागि अङ्ग्रेजको छाउनीमा जान्छ । ऊ त्यहाँ जादाँ आश्चर्य, दया र करुणाको भावना व्यक्त भएको छ । फर्कनका लागि धर्ती नरेकी स्वास्नी, सिपाही अनि नेपालवासीहरुले आग्रह गरेका छन् । उनीहरुको यस्तो आग्रहमा वीरता र देशभक्तिको भावना व्यक्त भएको छ । त्यसै मर्नुभन्दा बाँचेर देशका लागि केह ीगर्ने विचार बोकेर अङ्गैजको छाउनीमा पुगेको नरेमा देशभक्तिको सुन्दर नमुना पाइन्छ । नरेलाई मबीले अङ्ग्रेज फौजमा भर्ना हुनका लागि अनुरोध गर्छ र विभिन्न लोभ लालच देखाई फकाउने प्रयास गर्छ । नरेलाई आफ्नो देश र जाति बााहेक कुनै कुराको मतलब छैन त्यसैले ऊ अङ्ग्रेज सेनापति मबीको प्रस्ताब ठाडै अस्वीकार गर्छ । निको भएपछि नरे फर्कन इच्छा व्यक्त गर्छ र आफूलाई जान दैऊ भन्दै मबीसंग अनुराध गर्छ । नरेको यस्तो विचारमा देशभक्ति र वीरताको सुन्दर उदाहरण पाउन सकिन्छ । यसैगरी अङ्ग्रेजहरुले नरेलाई आफ्नो छाउनीमा राखेर औषधी गराई उसलाई आफ्नै देश नेपाल फर्कन अनुमति दिएका छन् । अङ्ग्रेजहरुको यस्तो व्यवहारमा मित्रता, भातृत्व र मानवतावादी भावनाको अभिव्यक्ति भएको छ । यसरी नरेको चरित्र र व्यवहारको माध्यमबाट नाटककारले देशभक्ति र वीरताको उदाहरण प्रस्तुत गरेका छन् भने अङ्ग्रेज सेनापति मबीको चरित्र र व्यवहारबाट मित्रता र मानवतावादी भावनाको चित्रण गरेका छन् । त्यसैले यस एकाङ्कीमा वीरता, देशभक्ति र मानवतावादी विचारको उत्कृष्ट नमुना पाइन्छ । यही नै यस विचारको उत्कृष्ट नमुना पाइन्छ । यही नै यस एकाङ्कीको मुल भाव वा विचार हो ।
3. कान्छी, भट्टी र देश
‘कान्छी, भट्टी र देश’ कवि कृष्ण सेन ‘इच्छुक’ (वि. सं. २०१३ – २०५९ ) द्वारा देखिएको उत्कृष्ट कविता हो । यस कवितामा कविले निम्नवर्गीय नेपाली नारीहरुले भोग्नु परेका दु ः ख कष्ट, पीडाका मार्मिक चित्रण गरेका छन् । यसैगरी यो कविता डुब्न लागेको देशको अस्तित्वलाई बचाउन नसकी रहेको वर्तमानको यथार्थसंग पति सम्बन्धित छ । जसरी भट्टी पसल थापेर बसेकी कान्छीको अस्तित्व सङ्कटमा परेको छ स त्यसैगरि हाम्रो देश पनि विदेशीहरुको भट्टी पसल बन्दै गएकाले नेपालीहरुको स्वाभिमान गुम्न लागेको छ भन्ने कुरा यस कवितामा देखाइएको छ । जसरी भट्टी पसलमा आउने ग्राहकहरुले कान्छीको सुन्दर यौवनमाथि आँखा गाडेका छन् ठिक न्यसैरि प्राकृतिक सौन्दर्यले भरिएको हाम्रो देशमाथि विदेशीहरुले आँखा गाडिरहेको अवस्था प्रति कवितामा चिन्ता व्यक्त गरिएको छ ।
भट्टी थापेर बस्ने नारीहरु अप्ठ्यारामा हुन्छन् । मनभित्र भोक, पीडा, छटपटी रहेपति उनीहरु जबरजस्ती मुस्कान छर्न र भट्टीलाई सजाउन क्रियाशील हुनैपर्छ। भट्टीमा आउनेहरु सक्सीका बोतल सगै उसको वैसालु यौवन रिताइदिन्छन् । उसैको रुपको नसामा आगन्तुकहरुले अतिक्रमण गर्दापति भट्टी थापेर बसेकी नारीसँग आँसुको भेल बगाउनु बाहेक अर्को विकल्प हुदैन किनभने उसमाथि कुदृष्टि पर्दा प्रतिकार गर्ने उसको पति र बन्धुबान्धव अर्कैकोचाकरीमा व्यस्थ हुन्छन् । ठिक यस्तै प्रकारले हाम्रो देश बाँचिरहेको छ भन्ने कुरा यस कवितामा देखाइएको छ ।
4. आलु
भैरव अर्याल ( वि. सं. १९९३ – २०३३ ) नेपाली साहित्यका प्रसिद्ध हास्यव्यङ्ग्य विबन्धकार हुन् । यिनले नेपाली समाजका सामाजिक, सांस्कृतिक, धार्मिक, नैतिक, शैक्षिक, राजनैतिक आदि क्षेत्रका कुराहरुलाई विषयवस्तु बनाएर उत्कृष्ट निबन्धहरु लेखेका छन् । काउकुती, जयभुँडी, गलबन्दी, इतिश्री, अर्यालका जिबन्ध सङ्ग्रह हुन् । यिनका निबन्धहरुमा विशेष गरेर समाजसुधार, देशभक्ति, मानवतावाद र प्रगतिवादी विचारको प्रस्तुति पाइन्छ । सरल, सहज र रोचक भाषा शैलीका माध्यमबाट सामाजिक विकृतिहरु माथि चोटिलो व्यङ्ग्य गर्नु यिनका निबन्धको उल्लेख्य पक्ष हो ।
आलु अर्यालको लोकप्रिय हास्यव्यङ्ग्य निबन्ध हो । यस निबन्धमा हामीले तरकारीका रुपमा प्रयोग गर्ने आलुलाई प्रतिक बनाएर त्यसका माध्यमबाट नेपाली बुद्धिजीवी र सामान्य मान्छेका कमजोरीमाथि व्यङ्ग्य गरिएको छ । मान्छेमा रहेको दहीचिउरे स्वभाव नै आलु स्वभाव हो भन्ने विचारलाई निबन्धकारले यस निबन्धको विचार बनाएका छन् । आफ्नो क्षेत्रमा परिश्रम गरेर असल बन्नुका सट्टा मौका अनुसार आफ्नो रुप बदल्ने नेपाली समाजका बुद्धिजीवीहरुलाई निबन्धकारले आलुसंग तुलना गरेका छन् र यसरी मोका अनुसार जेमा पायो त्यसैमा फिट हुने नेपाली बुद्धिजीवीहरुको खिल्ली उडाएका छन् । बाहिरी व्यवहारमा जोसुकैसंग पनि मिल्ने तर आफूआफूमा मेल नराख्ने स्वभाव भएका मानिसहरुको सिद्धान्त आलुवादी सिद्धान्त हो भन्ने विचार निबन्धमा पाइन्छ । विचार र व्यवहारमा एकरुपता ल्याउन नसक्नेहरु आलुवादी सिद्धान्तका पक्षपोषक हुन् भन्दै निबन्धमा तिनीहरु प्रति व्यङ्ग्य गरिएको छ । आफूले गरेका गल्तीलाई सुधार्नुका सट्टा तिनलाई ढाकछोप गर्ने नेपाली बुद्धिजीवीहरुको व्यवहारलाई नेपाली समाजको यथार्थका रुपमा चित्रण गरिएको छ । समय ठिक ढङ्गले दिन नसक्नेलाई आलु घडी भनिए झै भोक, लोभ र शोकले सुकेर कमजोर बनेकाहरुलाई सहयाग गर्न नसक्ने सबैलाई आलु मान्छेका रुपमा चिनाइएको छ । जसरी आलु सबै चिजमा मिल्छ त्यसैगरि नेपाली समाजका बुद्धिजीवीहरु पति आफ्नो फाइदाका लागि जेमा पनि ठिक्क हुन्छन् । त्यसैले नेपाली बुद्धिजीवीहरुको स्वभाव आलुको जस्तै दहीचिउरे छ भन्ने विचार नै यस निबन्धको मुल भाव बनेको छ । यसरी समाजमा रहेका विकृति, विसङ्गतिप्रति व्यङ्ग्य गर्दै निबन्धकारले त्यसको अन्त्यका लािग सबैले सचेत हुनुपर्ने सन्देश निबन्धमा दिन खोजेको पाइन्छ ।
5. मेरो देश
‘मेरो देश’ भूपी शेरचन (वि.सं. १९९२ – २०४६) द्वारा लेखिएको उत्कृष्ट गद्य कविता हो । भूपी शेरचन नेपाली साहित्यमा साह्रै सुन्दर र मार्मिक कविता लेख्ने कविका रुपमा प्रसिद्ध छन् । नयाँ झ्याउरे, घुम्ने मेचमाथि अन्धो मान्छे, निर्झर आदि उनका कविता सङ्ग्रहहरु हुन् । शेरचनका कवितामा देशभक्ति मूलक कविता हो ।
मेरो देश कवितामा कविले आफ्नो देश नेपाल प्रति शब्दका माध्यमबाट श्रद्धाभाव प्रकट गरेका छन् ।म आफ्नो जन्मभूमिमको प्राकृतिक सुन्दरताबाट मख्ख परेका कविकोदेशप्रेमको भावना व्यक्त भएको यस कवितामा नेपाली प्रकृतिको सौन्दर्य वर्णन गरिएको छ । कविले यस कवितामा जुन धर्तीलाई भेट्न आएको , धर्ती खुलेर हाँसेको , धूपी र सल्लाह रोएको , छहराहरु खोलामा हाम फालेको हिमचुलीले आँगनमा धाम पठाइदिएको पहाडको पनि छाती र निधार भएको, झ्ययाउकिरीले मान्छेलाई झ्याङबाट गिन्याएको कुरा वर्णन गरेका छन् । यसै गरी कस्तुरीको सुगन्ध हावाको बुई चढेर घुमेको वसन्त घर पकृन भुलेको , हिमालले पङ्खा हम्केको, पहाडले फरिया तल सारेर ढाड सेकेको जस्ता कुराको वर्णन गरेर नेपाली प्रकतिको मानवीकरण गरेका छन् । आफ्नो देशका प्राकृतिक सम्पदालाई मान्छेका विभिन्न भूमिकामा उभ्याएर कविले प्रकति र मानिसका बीच अभिन्न सम्बन्ध रहेको देखाएका छन् । सामान्य कुरालाई पनि विशेष ढङ्गले देशभक्तिको सुन्दर नमुना भेटिन्छ । प्राकृतिक सम्पदाको भव्य चित्रण गरेर राष्ट्रको महत्व दर्शाउँदै देशभक्तिपूर्ण विचारहरु प्रस्तुत गरेका छन् । कविले हामी सम्पूर्ण नेपालीले आफ्नो देशलाई माया गर्नुपर्छ, देशका प्राकृतिक सम्पदाको संरक्षण गर्नुपर्छ र देशको गरिमालाई विश्वमै परिचित तुल्याउनु पर्छ भन्ने देशभक्तिपूर्ण विचारलाई यस कविताको मूल भावका रुपमा प्रस्तुत गरेका छन् ।
6. शत्रु
‘शत्रु’ विश्वेश्वरप्रसाद कोइराला (वि.सं १९६१ – २०३९) द्वारा लेखिएको मनोवैज्ञानिक यथार्थवादी कथा हो । विश्वेश्वरप्रसाद कोइराला आधुनिक नेपाली कथा परम्परामा मनोवैज्ञाकि धाराको थालजी गर्ने कथाकार हुन् । यिनी आफ्ना कथामा मान्छेका थरीथरीका मनोदशाको चित्रण गरेर मानवीय व्यवहारको उद्घाटन गर्छन । प्रस्तुत ‘शत्रु’ कथा पनि यस्तै विषयवस्तुमा आधारित छ । यस कथामा कथाकारले कृष्ण राय भन्ने व्यक्तिको मनोदशाको चित्रण गरेका छन्।
‘शत्रु’ कथामा कथाकारले कृष्ण राय भन्ने पात्रको मनोविज्ञानलाई उपयुक्त घटना तथ्यका आधारमा विश्लेषण गरेका छन् । मान्छेको मन विचित्रको हुन्छ । जतिसुकै दमन गर्न खोजेपनि मन दविएर बस्न सक्दैन भन्ने कुरा ‘शत्रु’ कथामा देखाइएको छ । मन कै निर्देशन अनुसार मान्छेले कहिले सुखको अनुभव गर्छ भने कहिल्यै दु ःखको । सुखमा भुलिरहेको कृष्ण रायको मनलाई एउटा सामान्य घटनाले दु ः ख चिन्ता भय र शङ्कामा परेको देखाएर कथाकारले मान्छेको मनको अवस्थालाई प्रष्ट पारेका छन्। मनले आफ्नो ठानेमा संसार आफ्नो हुने र मनले शत्रु ठानेमा सारा शत्रु देखिने । मान्छेको मनोविज्ञानलाई कथामा कृष्ण रायका माध्यमबाट देखाइएको छ । विनाकारण कोही कसैको शत्रु हुदैन तर झगडाको निउ सजिलै पाइने भएकाले मो शत्रु नै भन्ने छैन भन्ने सोच्नु भ्रममा पर्नु हो भन्ने चिार कथामा रहेको छ । सामाजिक प्राणी भएका कारण मानिसले आफ्नो जीवनकालमा विभिन्न कामहरु गर्छ । ती सबै काममा मानिरले शत्रुताको बिउँ रोपिरहेको हुन्छ । शत्रु बन्छन भनेर धरबाटै बाहिर ननिस्किने कृष्ण रायका थुप्रै शत्रु रहेका देखिनाले कथामा संसारमा काही पति मित्र हुँदैनन सबै शत्रु, सबै बैरी हुन्छन् भन्ने कुरा देखाइएको प्रष्ट हुन्छ । झुटो भ्रममा मानिस बाँच्दछ, जब कुनै सामान्य घटना घट्छ त्यसले मान्छेको मनलाई यति धेरै प्रभाव पार्छ कि उरलाई आफ्नो जीवननै गल्तीको थुप्रो हो जस्तो लाग्छ त्यसैले आफूलाई अकलुसित र दुर्गुण रहित छु भनने ठान्नु मुर्खता हो । यही मनोविज्ञानको प्रयोग शत्रु कथामा गरेर कथाकारले मनको सामथ्र्यको उदाहरण प्रस्तुत गरेका छन् ।
7. मानुषी
मानुषी पारिजात १९९४–२०५० द्वारा लेखिएको विचार प्रधान कविता हो । यस कवितामा कविले लैङ्गिक विभेदका विरुद्धमा आवाज उठाएकी छन् । एकअर्काको अस्तित्वको निशेध नगरि सहअस्तित्वमा बाँच्नका लागि सबै मानवजातिलाई यस कविताले अनुरोध गरेको छ । पितृसत्तात्मक समाजमा नारीजाति प्रति भएका अन्याय र त्यसबाट मुक्त हुने उपायलाई यस कविताले विषय बनाएको छ । कविताभित्र समाजमा रहेको लैङ्गिक विभेदको अन्त्यका लागि ‘म’ पात्र नारीले ‘तिमी’ पात्र पुरुषलाई सम्बोधन गरेर आफ्ना पीडा प्रस्तुत गरेको देखिन्छ । पुरुषले जति काम र मिहिनेत नारी जातिले पति गर्न सक्ने भएपति इतिहासले नारीलाई सधैं पछि पारेको र पुरुष मात्र अगाडि बढ्दै आएको विषय प्रति कवितामा आक्रोश व्यक्त गरिएको छ । महिला र पुरुष मात्र अगाडि बढ्दै
आएको विषय प्रति कष्वतामा आक्रोस व्यक्त गरिएको छ । महिला र पुरुष एकअर्काका परिपुरक हुन् तर महिलाहरु पुरुषका कारण विभेद सहन बाध्य भएको कुरा कवितामा उल्लेख गरिएको छ । पुरुषजातिकै अमानवीय व्यवहारका कारण नारीहरुले सतिप्रथा र पुरुषजातिको सामूहिक बलात्कार जस्ता कष्ट सहेर बाँच्न विवश बनेको घटना प्रति आक्रोस पोखिएको छ । तर महिलाहरुले पुरुषहरुलाई सधैं आफ्नो सहयात्री ठानेको र आफूले पीडा सहेर भएपनि पुरुषलाई बाबु बन्ने श्रेय प्रदान गरेको सन्दर्भलाई निकै महत्वका साथ प्रस्तुत गरेको छ ।
पुरुषले रजस्वलाको कष्टप्रद क्षण भोग्नु नपर्ने अस्तित्वको जोखिम उठाउनु नपर्ने, गर्भधारण र प्रसवकालको दु ः ख भोग्नु नपर्ने भएकाले नारीका अनुभूतिलाई पुरुषले बुझ्न नसकेको र नारीलाई सधै्रं दमन गरिरहेको कुरा प्रति कवितामा दु ः ख प्रकट गरिएको छ । आदिम कालमा मानुषीले वनमानुषलाई माया र सहअस्तित्वको पाठ पढाए पनि आज पुरुषले महिलाको योगदान बिर्सिएर पशुसरह व्यवहार गरेकामा कविले आक्रोश व्यक्त गरेकी छन् । नारीप्रति विमुख अनुत्तरदायी निर्दयी र वेगुनी नहुन् तथा मानवीय व्यवहार गर्न पुरुष जातिलाई आग्रह गरिएको छ । नारी र पुरुष एकअर्काका लागि निवार्य छन् । त्यसैले एकले अर्कालाई दमन र निषेध गरेर होइन एकले अर्काको अस्तित्व स्वीकार गरेर बाँच्नु पर्छ र यसैमा समाजको उन्नति हुन्छ भन्ने विचार नै यस कविताको मूल भाव रहेको देखिन्छ ।
8. म फुल लिएर आउने छ
“म फुल लिएर आउने छ” निबन्धकार सुधा त्रिपाठी २०१५ द्वारा लेखिएको उत्कृष्ट निबन्ध हो । उनले आफ्ना जन्मभूमिको सम्झना गरि रचना गरेको र देशभक्तिको भावनाले भरिएको निबन्धका रुपमा यसलाई लिन सकिन्छ । यस निबन्धमा निबन्धकारले आफ्नो जन्मभूमि सुनखानीलाई सम्बोधन गर्दै आफूले एक न एक दिन सुनखानीका पाउमा चढाउन शान्तिका सेता फुलहरु लिएर जाने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
दोलखा जिल्लामा पर्ने सुनखानीमा जन्मिएकी र त्यहाको प्राकृतिक वातावरणमा हुर्किएकी निबन्धकार त्रिपाठीलाई काठमाडौंको मरुभूमि जस्तो वातावरणमा बस्दा जन्मभूमिको यादले सताएको छ । काठमाडौंमा जन्मभूमिको यादले आफू बाँचेको विचार निबन्धकारको छ । सुनखानीले भोगेका पीडाले आफू पनि पिडित हुने हुँदा मनमा बसेको जन्मभूमिको प्रेम नटुटोस् भनी निबन्धकारले कामना गरेकी छन् । यस निबन्धमा सुनखानीको सुन्दरताको वर्णनका साथै काठमाडौको कुरुपताको पनि चित्रण गरिएको छ । काठमाडौंलाई विशालु जर्जर र मरुभूमिमय शहरका रुपमा चित्रण गरिएको छ । बेस्वादिला खाद्य बस्तु र अत्यन्तै दुर्गन्द पानी खाएर काठमाडौंका मानिसहरु कुरुप जिन्दगी बाँचिरहेका छन् भन्ने आशय यस निबन्धमा पाइन्छ । आफ्नो जन्मभूमिलाई स्वर्ग भन्दा पनि प्यारो ठान्ने अर्काको ठाँउलाई तुच्छ ठान्ने मान्छेको स्वभाव हो । त्यसैले निबन्धकारले आफ्नो जन्मभूमि सुनखानीको प्राकृतिक सौन्दर्यको वर्णन दिल खोलेर गरेकी छन् । आफ्नो मातृभूमिको अस्तित्व नरहँदा आफ्नो अस्तित्व समेत हराउने निबन्धमा लेखिएको छ । तन कुरुप भएपनि मन कुरुप जभए धर्तीलाई शिरमा राखेर सुनौलो संसार निर्माण गर्न सकिने विचार व्यक्त गर्दै निबन्धकारले मातृभूमिको गौखवका विरुद्ध लागेका अथवा रष्ट्रियताको भावना हराउँदै गएकाहरुसंग जुधेर जन्मभूमिलाई बचाईराख्नु पर्ने विचार आघि सारेको छिन् । धनसम्पत्तिभन्दा जन्मभूमिको अस्तित्व ठूलो कुरा हो भन्ने विचार व्यक्त गर्दै निबन्धकारले आफूबाट अन्जानमा कुनै गल्ती भएको भए त्यसका लागि जन्मभूमिसंग माफी मागेकी छन् । मातृभूमिको सुरक्षाका लागि आफू जीवनभर लड्ने प्रण निबन्धकारको छ । धर्तीका राक्षसहरुको पहिचान गरि हरेक देशभक्त नागरिकले तिनीहरुलाई सखाब पार्नु पर्ने र सुन्दर, शान्त अनि विशाल धर्ती निर्माण गर्नु पर्ने विचार यस निबन्धमा पाइन्छ । हामीले कहिल्यै पनि मातृभूमिलाई योगदान भन्नु हुँदैन । जन्मभूमिलाई कुनै सङ्कट प¥यो भने त्यो सङ्कट टार्न जीवनको बलिदान दिन पनि तयार हुनुपर्छ र जन्मभूमिको उन्नतिका लागि आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्छ भन्ने देशभक्तिपूर्ण विचार नै यस निबन्धको मूल भाव अथवा विचार हो र कुरा गराइएको शैलीमा लेखिएको यस निबन्धको भाषा सरल र सहज छ । समग्रमा यस निबन्धले हामी जहाँ रहेपनि मातृभूमिको उन्नतिका लागि मरिमेट्नु पर्छ भन्ने सन्देश प्रवाह गरेको छ ।
9. हर्कबहादुर
हर्कबहादुर कवि दिनेश अधिकारी २०१६ द्वारा लेखिएको चर्चित कविता हो । यस कवितामा कवि अधिकारीले नेपालको राष्ट्रिय समस्यालाई विषयवस्तु बनाएका छन् । यस कवितामा राज्य द्वारा सधैं वेवास्ता गरिएका गरिब जनताहरुको यथार्थ प्रस्तुत गरिएको छ । ठूलाठूला राजनीतिक परिवर्तन भएपनि त्यसरी गरिबहरुको उन्नतिका लागि केही काम गर्न नसकेको तीतो यथार्थलाई यस कविताले प्रस्तुत गरेको छ । यस कविताको पात्र हर्कबहादुर रातदिन पसिना बगाएर काममा जोतिए पनि आफ्ना आधारभूत आवश्यकता पूरा गर्न नसक्ने गरिबहरुको प्रतिनिधि हो ।
जनतालाई नाङ्गै राखेर राता झण्डा ठहराउँदै हिड्ने र मीठो भाषण् गर्ने नेपालका नेताहरु प्रति व्यङ्ग्य हानेका छन् । बमबारुद एवम् हतियारले त्रसित पारेको छ । आजको समाजमा गरिबहरुको जीवन झन् जटिल बनेको कुरा प्रस्तुत गर्दै कविले बन्दुक बोक्ने हातलाई कोदाली दिई शान्ति ल्याउनु पर्ने सङ्केत गरेका छन् । जबसम्म मानव जातिका आधारभूत आवश्यकता पूरा हुदैंन तबसम्म राष्ट्रियता, स्वाधीनता र नागरिकताका कुरा अर्थ हिन हुने कविको विचार छ । गाँसबाँस र कपास नपाएकाहरुलाई देशको मुल्य सिउनीमा अल्झेको सुरतीको धुलो सम्मान हुने भन्दै दुखीहरुका पक्षमा आवाज उठाइएको छ । जसरी हर्कबहादुरको कहाली लाग्दो जीवनको वर्णन गरिएको यस कवितामा गरिबहरुको उन्नतिको कामना गरिएको छ ।
10. भलादमी
‘भलादमी’ लक्ष्मीप्रसाद देवकोटा द्वारा लेखिएको व्यङ्ग्यप्रधान निबन्ध हो । यस निबन्धका माध्यमबाट निबन्धकार देवकोटाले सारलाई भन्दा रुपलाई महत्व दिने बोक्रे चिन्तनका पक्षपातिहरुलाई व्यङ्ग्य गरेका छन् । समाजमा जबजब मानिसको बाहिरी आबरण र देखावटी आडम्बको महत्व बढ्दै जान्छ तबतब ज्ञान, विवेक र असल चरित्र हराँउदै जान्छ । आफ्नो गौरवमय मोलिक संस्कृति बिर्सेर विदेशी संस्कृतिको पछि लाग्नु अनि असल चरित्रलाई तिलाञ्जलि दिएर आत्म प्रसंशामा रमाउनु आजभोलिको समाजका भलादमीहरुका चारित्रिक विशेषता हुन् । समाजका हरेक क्षेत्रमा यस्तै सोच र संस्कार बढेको छ । भलादमी बन्ने यस्तो आधुनिक तरिकाले हाम्रो मौलिक संस्कृति लोप हुदैंछ र जीवन मूल्य धरापमा परेको छ । ज्ञान र क्षमतालाई महत्व नदिई रुप, रंग र आकारलाई महत्व दिने प्रणाली जबसम्म रहन्छ तबसम्म सभ्य र शिक्षित समाजको निर्माण हुन सक्दैन । त्यसैले, हामीले रुपलाई होइन सारलाई महत्व दिएर भलादमी बन्ने प्रयत्न गर्नुपर्छ भन्ने कुरा यस निबन्धले उठाएको छ । बाहिर चिटिक्क देखिए पति भित्र गुदी वा ज्ञान नभएकाले सामाजिक जिम्मेवारी पूरा गर्न सक्दैन । त्यसैले बाहिरी सौन्दर्यलाई महत्व नदिई भित्री सौन्दर्यलाई महत्व दिनुपर्छ भन्ने विचार अघि सारिएको छ ।
हाम्रो समाजमा रहेका भलादमीले हालत र हैसियत देखाएर जनतालाई त्यस्ता भलादमीबाट सचेत गराउन खोजेको यस निबन्धमा आधुनिक भलादमीको काम गर्ने शैलीले व्यक्ति, समाज र देश कसैको पनि उन्नति नहुने कुरा देखाइएको छ । कुनै व्यक्तिको आवरण वा बाहिरी रुप हेरेर मान्छेको मुल्याङ्कन घातक हुने ठहर गर्दै यस निबन्धले प्रसंशा प्रेमी र विज्ञापन मुखि बोक्रे मानिरहरुको उछितो पारेको छ । प्रसिद्ध बन्न हतार गर्ने र भ्रम छरेर नाम कमाउन खोज्नेहरु भलादमी होइनन् ती त विकासका बाधक हुन् भन्ने निष्कर्ष यस निबन्धमा पाइन्छ । समग्रमा भन्दा हामीले रुपलाई नभई सारलाई नभई व्यवहारलाई महत्व दिएर समाज परिवर्तनका लागि क्रियाशील हुनुपर्छ भन्ने विचार यस निबन्धका माध्यमबाट प्रस्तुत गरिएको छ । यही नै भलादमी निबन्धको मुख्य विचार हो ।
11. मधुमालतीको कथा
मधुमालतीको कथा कथाकार रमेश विकल द्वारा लेखिएको यथार्थवादी कथा हो । यस कथामा नेपाली समाजमा पाइने वर्गभेद, असमानता वा धनी वर्गले गरीबमाथि गर्ने शोषण, अन्याय, अत्याचार, हेला जस्ता कुराहरुलाई देखाइएको छ । यसैगरि बाल्यकालमा पनि धनी र गरिबका छोराछोरीले एकआपसमा मिलेर खेल्न समेत नहुने अनौठो संस्कारलाई देखाइएको छ । प्रस्तुत कथामा एकातर्फ धनीले गरिबलाई हेला गरि हप्काउने, दबाउने र शोषण गर्ने जस्तो विभेदपूर्ण सामाजिक संस्कारप्रति व्यङ्ग्य गरिएको छ भने अर्कातर्फ दुई स–साना बालबालिका बिचको सम्बन्ध वा बाल्यप्रेम असफल हुदाँ तिनका मनमा उत्पन्न हुने भावलाई वा विचारलाई मनोवैज्ञानिक ढङ्गले केलाइएको छ । कथाकारले ती बालबालिकाको कारुणीक अवस्थालाई देखाउदै उनीहरुप्रति माया र ममता व्यक्त गरेका छन् । त्यसैले यो कथा सामाजिक र बाल मनोवैज्ञानिक कथा हो ।
12. आइमाई साथी
आइमाई साथी निबन्धकार श्यामकुमार शर्मा द्वारा लेखिएको उत्कृष्ट निबन्ध हो । सामामिक विषय वस्तुमा लेखिएको यस निबन्धमा नेपाली समाजमा रहेको लैङ्गिक विभेद एवम् असमझदारी प्रस्तुत गरिएको छ । पुरुष पुरुष र महिलामहिला सजिलैसाथी हुन सक्ने हाम्रो समाजमा पुरुष र महिला एकअर्काका साथी बन्न नसक्ने अवस्थालाई निबन्धकारले प्रस्तुत गरेका छन् । अन्धविश्वास, अशिक्षा र पछौटेपनले वकडिएको हाम्रो समाजलाई मुक्ति दिलाई उन्नतिका बाटामा हिडाउन पुरुषहरुले मात्र सक्दैनन् । आधा जनसंङ्ख्या रहेको महिलाहरुलाई बेवास्ता गरि सम्पन्न समाजको कल्पना पनि गर्न सकिदैन । यस्तो अवस्था हुदाहुदै पनि नेपाली समाजमा महिलाहरुलाई नरकको मूल ढोका ठान्ने र नारी समानताका चर्का भाषण गर्र्दै हिड्नेहरुले नै नारीप्रति भेदभाव गरेको देखिन्छ । समाजका यस्ता कुसंस्कार र गलत विचार हटाई जनतामा जागरण ल्याउन नारी र पुरुषका बिचमा पनि मित्रताको भावना विकास गर्नुपर्छ भन्ने दृष्छिकोण यस निबन्धमा पाइन्छ ।
हाम्रो समाजका हरेक क्षेत्रमा पुरुषलाई मात्र महत्व दिने चलन छ । विकास निर्माणका कामदेखि लिएर हरेक क्षेत्रमा महिलाहरुलाई पछि पारिएको छ । यस किसिमको पुरुष प्रधान सामाजिक सोचले गर्दा नै हाम्रो देशको उन्नति हुन नसकेको हो । त्यसैले व्यक्ति, समाज र राष्ट्रको उन्नति गर्न महिलाहरुलाई पनि विकास निर्माणका कार्यमा लगाउनु पर्ने आशय निबन्धकारको छ । हाम्रो समाजमा महिला र पुरुष एकअर्काका साथी बने भने समाजले त्यसलाई अपवित्र ठान्छ र विभिन्न आरोप लगाउंछ । समाजको यस्तो खराब संस्कारप्रति यस निबन्धमा असहमति जनाइएको छ । नारी जातिप्रति गरिने विभेदको अन्त्यका लागि हाम्रो समाजमा महिला सशक्तिकरणको अभियान नलाउनु पर्ने विचार निवन्धकारले अघि सारेका छन् । आफुलाई पगतिशील हुं भनेर नारी समानताका कुरा गर्दै हिड्ने तर घरमा आएका साथीलाई आफ्नो श्रीमती र दिदीबहिनीको परिचय समेत नगराउने एवम् केटा साथीले आफ्नो छोरीलाई पठाएको पत्र छोरीलाई नदिई बिचैमा गायब पार्ने व्यक्तिहरुको स्वभाव, सङ्कुचित धारणा, भनाई र गराइ बिचको अन्तर जस्ता व्यवहारको हॉसो उडाउनु र त्यसप्रति व्याङगा गर्नु यस निबन्धको मुख्य विचार हो । नारी र पुरुषका बीचमा रहेका यस्तै असमानता प्रति असहमति प्रकट गर्दै नारी समानता पक्षमा सशक्त आवाज उठाएर समस्या समाधानका लागि सबैले अघि बढ्नुपर्छ भन्ने सन्देश यस निवन्धले दिएको छ ।
13. नेपालै नरहे
‘नेपालै नरहे’ कवि माधव घिमिरे द्वारा लेखिएको कविता हो । यस कवितामा कविले सुन्दर प्रकृति, विशिष्ट सांस्कृतिक सम्पदा र गौरवपूर्ण इतिहास भएको आफ्नो जन्मभूमि नेपालको महिमागान गरेका छन् र राष्ट्रिय अखण्डताको पक्षमा आवाज उठाएका छन् । त्यसैले ‘नेपालै नरहे’ कवितामा देशभक्तिको भावना प्रस्तुत गरिएको छ । नेपाल विभिन्न जाति भाषा, भाषी तथा धर्म संस्कृतिको साझा भूमि हो । यस देशलाई बचाइराख्नु हामी सबै नेपालीहरुको साझा कर्तव्य हो । सानातिना स्वार्थमा अलमलिएर हामी एकआपसमा लड्न थाल्यौ भने देशको अस्तित्व सङकटमा पर्नेछ । देश बांच्यो भने मात्रै हामी आ–आफ्नै पहिचानमा बांच्नसक्छौं । तसर्थ यस कवितामा देशको अस्तित्व माथि असर पार्ने कुनै काम नगर्न सम्पूर्ण देश वासीलाई सचेत गराइएको छ र राष्ट्रिय एकताको सन्देश दिएको छ । देशको अस्तित्वलाई बचाउन हामीले आफ्नो देशका प्राकृतिक र सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्दै देशलाई विश्वमा चिनाउनु पर्ने र राष्ट्रिय अखण्डतालाई जोगाउनु पर्ने विचार कविले अघि सारेका छन् । तसर्थ देशका सम्पदाहरुको संरक्षण गर्दै राष्ट्रिय अखण्डता कायम गर्नुपर्छ भन्ने विचार नै यस कविताको मुख्य भाव बनेको छ ।
14. बौलाहा काजीको सपना
बौलाहा काजीको सपना नाटककार विजय मल्ल (वि.सं. १९८२ – २०५६) द्वारा लेखिएको उत्कृष्ट नाटक हो । यो नाटक राणाकालिन सामाजिक यथार्थमा आधारित छ । राणाशासनका बेला समाजमा समानता, स्वतन्त्रता र मानवता थिएन । जनतालई स्वतन्त्र भई बोल्ने, पढ्ने अधिकार थिएन । राणाहरुका सन्तानले मात्रै पढ्न, बोल्न पाउँथे । गरिबका छोराछोरीले पढ्नु हुदैँन भन्ने धारणा समाजमा थियो । धनी र गरिबका बिच निकै दुरी थियो अनि समाजमा अन्याय धेरै बढेको थियो । यस्तो अवस्थासँग जनतालाई परिचित गराउने र आफ्नो अधिकार खोज्न प्रेरित गर्ने उद्देश्यका लागि विजय मल्लले यो नाटक लेखेका हुन् ।
बौलाहा काजीको सपना नाटकको कथावस्तु हाम्रा समाजसँग सम्बन्धित छ साथै यसले नेपालको राणाकालीन राजनैतिक विषयवस्तुलाई पनि समेटेको छ । यस नाटकमा देखाइएको गरिबी र अन्यायको मूल कारण तत्कालीन राणाशासन हो भन्ने देखिन्छ । समाजमा भएका अन्याय , अत्याचार, शोषणको विरोध गर्नु अनि समाजमा स्वतन्त्रता, समानता र मानवताको स्थापना गर्नु यस नाटकको मुख्य उद्देश्य देखिन्छ । नाटकले धनी र गरिब वर्गका बीचको असमानतालाई मानवताको शत्रु ठानेको छ र समाजबाट असमानतालाई हटाएर मानवताको स्थापना गर्नुपर्छ भन्ने विचार अघि सारेको छ । नाटकमा एकातिर भरियाका रुपमा आफ्नो जीवन अत्यन्तै दु ः खकष्टका साथ बिताईरहेको एउटा गरिबको जीवनलाई यथार्थ रुपमा प्रस्तुत गरिएको छ भने अर्कातिर तिनको इमानदारी र स्वाभिमानका साथै औषधि समेत खान नपाउँदा बिरे जस्ता देशका कर्णदारहरुले अकालमै मर्नु परेको अवस्थालाई पति देखाइएको छ । त्यसैगरि यसमा निम्नवर्गीय भरियाको जीवनशैली गरिबीका कारण छोराछोरीलाई पढाउन नसक्ने स्थिति समयमानै गरिब मजदुरको पारिश्रमिक नदिने र गरिबका छोराले पढेकामा हाँसो डाउने दुरव्यवहार गरिबीका कारण समयमा औषधि उपचार नपाई मर्नुपर्ने जस्ता समस्या देखाइएको छ । यसरी प्रस्तुत नाटकमा राणकालीन नेपाली समाजको यथार्थ र त्यतिखेरको नेपालको राजनीतिक अवस्था चित्रण गरिएको छ । यी दुवै कुराको चित्रणबाट नाटककारले व्यक्ति , समाज र राष्ट्रको उन्नतिको लागि समाजबाट अन्याय, अत्याचार हटाउनु पर्छ र असल शासनको स्थापना गर्नुपर्छ भन्ने सन्देश दिइएका छ । यसैगरी धनी र गरिबबिचको असमानता हटाएर सम्पन्न समाजको निर्माण गर्न शिक्षाको विकास गर्नुपर्छ, जबसम्म शिक्षाको विकास हुदैँन तबसम्म धनी र गरिबका बिचको असमानता हटेर समृद्ध समाजको निर्माण हुन सक्दैन भन्ने विचार यस नाटकमा पाइन्छ । यही नै यसको मूल विचार वा सन्देश हो ।
15. हारजित
“हारजित” कथाकार भवानी भिक्षु (वि.स. १९७१ – २०६७ ) द्वारा लेखिएको मनोवैज्ञानिक कथा हो । भवानी भिक्षु नेपाली साहित्यका उत्कृष्ट साहित्यकार हुन् । यिनले विशेषत नेपाली कथा र उपन्यासका क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन् । यिनी आफ्ना कथामा नेपाली समाजको यथार्थ अवस्थाका साथै मान्छेको मनको भावनाहरुलाई चित्रण गर्छन । विशेष गरेर नेपालका पश्चिम तराईका सामाजिक जीवनको चित्रण भिक्षुका कथामा गरिएको हुन्छ । हारजित सामाजिक मनोविज्ञानमा आधारित यस्ते कथा हो । यो कथा नेपालको पश्चिमी तराईको जनजीवनमा आधारित छ । यस कथाका प्रमुख दुई पात्र घुरहु र मनोहर महतोका बिच सामाजिक प्रतिष्ठाका लागि ठूलो प्रतिस्पर्धा भएको कुरा यस कथामा देखाइएको छ । यस प्रतिस्पर्धामा कसको हार भयो कसको जित भयो भन्ने कुराका टुङ्गो लाग्दैन यहाँ उनीहरुका बिच हारजितको मनोबैज्ञानिक पृष्टभूमिमा आधारित छ ।
हारजित कथाका प्रमुख दुई पात्र घुरहु र मनोहर आफ्नो समानका प्रतिष्ठित व्यक्ति हुन् । यस कथामा सामाजिक प्रतिष्ठा प्राप्तिका लागि यिनी दुईबिचमा भएको अहमको द्वन्द्व देखाइएको छ र अर्काको हितका लागि गरिएको त्यागलाई महत्व दिइएको छ । सामाजिक प्राणी भएपछि मानिसले आफूलाई प्रतिष्ठित बनाउन त्याग गर्न सक्नुपर्छ, जसले जति बढी सामाजिक समस्यामा त्याग गर्न सक्छ भन्ने विचार कथामा पाइन्छ । त्याग र समर्पणको भावनाले नै मानिसको चरित्रलाई उच्च र आदर्शमय बनाउँछ भन्ने विचारलाई प्रस्तुत गर्न हारजित कथामा हार र जितलाई निरन्तर श्रृङ्खलाका रुपमा देखाइएको छ । जीवनमा सधैँ हारैहार र जितैजित नहुने भएकाले हार्दैमा चिन्तित र जित्दैमा खुशी हुनुहुदैन भन्ने सन्देश कथाले प्रस्तुत गरेको छ । जीवनमा जित्नु छ भने समाजप्रति उत्तरदायी भई समाजलाई महत्व दिनुपर्छ भन्ने देखाउन कथामा घुरहुले छोरी त्याग गरी जितेको र मनोहरले सम्पत्ति त्याग गरेको देखाइएको छ । राम्रो काम र असल व्यवहार गर्ने व्यक्ति धन नभएपनि प्रतिष्ठित बन्न सक्छन भन्ने कुरा कथामा घुरहु महतोका माध्यमबाट देखाइएको छ भने धन भएर मात्र समाजमा प्रतिष्ठित बन्न सकिदैन । प्रतिष्ठित बनन त समाजको हितमा धनसम्पत्ति त्याग गर्न सक्नुपर्छ भन्ने कुरा मनोहर महतोका माध्यमबाट देखाइएको छ । यसरी मान्छेले आफ्नो प्रतिष्ठा बचाउका लागि जस्तोसुकै घृणित काम गर्न सक्छ भन्ने कुरा घुरहुले विवाहित छोरीलाई आफ्नो प्रतिस्पर्धीका घरमा नोकर बनाएर पठाउनु तथा मनोहरले घुरहुका सम्धी र छोरीलाई भव्यताका साथ विदाई गर्नुबाट पुष्टि हुन्छ । समग्रमा यस कथाले समाजमा आफ्नो प्रतिष्ठा कायम गर्न चाहनेले त्यागको भावना राखेर अगाडि बढ्नुपर्छ र सामाजिक समस्यालाई आफु प्रतिष्ठित बन्ने अवसरका रुपमा लिनुपर्छ भन्ने सन्देश यस कथाले दिएको छ । अत ः जो समाजप्रति बढी उत्तरदायी हुनछ त्यसले नै समाजमा बढी प्रतिष्ठा पति पाउँछ भन्ने भाव वा विचार यस कथाको मुल सन्देश हो ।